Logo

राजस्व परिचालन गर्न बजार अनुगमनलाई तिव्रता दिनु : अर्थमन्त्री खतिवडा

राजस्व परिचालन गर्न बजार अनुगमनलाई तिव्रता दिनु : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राजस्व परिचालनमा बिलिङ कार्यान्वयन तथा बजार अनुगमनलाई तिब्रता दिन निर्देशन दिएका छन । आईतबार अर्थ मन्त्रालयमा चालु आर्थिक बर्षको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सो मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका हुनु । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँडेल र नेपाल राप्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालको समेत उपस्थिति रहेको थियो ।

अर्थमन्त्री डा. खतिवडाले बजेट कार्यान्वयनलाई उपलब्धीमूलक बनाउन तर्जुमा गर्नु पर्ने र संशोधन गर्नुपर्ने बाँकी कानूनहरुको शीघ्र तर्जुमा गर्ने, नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना बमोजिमका कार्यहरुको समयमा कार्यान्वयन गर्न जिम्मेवार भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन । उनले अन्तर प्रदेश परिषद एवं अन्तर सरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न र आगामी आर्थिक बर्षको बजेट तर्जुमामा वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन ।

उक्त बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्राडा पुष्प कँडेलले आर्थिक बर्षको बाँकी अवधिमा लक्ष्य अनुरुप कार्य सम्पादन गर्न जोड दिदै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको वीचमा आगामी बजेट तर्जुमामा प्रभावकारी सहकार्य गर्नुपर्ने जानकारी दिएका छन ।

अर्थ सचिव डा राजन खनाल, सचिव (राजस्व) लालशंकर घिमिरे र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम समेतको उपस्थिति रहेको सो कार्यक्रममा महाशाखा प्रमुख, विभागीय प्रमुख, नियामक निकायमका प्रमुख र आयोजना प्रमुखहरुले आ(आफ्नो निकायको प्रगति अवस्था र कार्यान्वयनको क्रममा देखा परेका समस्याको बारेमा संक्षिप्त प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL