Logo

निर्वाचन आचार संहिता अनुकुल नभएको भन्दै आयोगले रोक्यो बजेट, जेठ १५ मा नआउने

निर्वाचन आचार संहिता अनुकुल नभएको भन्दै आयोगले रोक्यो बजेट, जेठ १५ मा नआउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी जेठ १५ मा बजेट नआउने भएको छ । निर्वाचन आयोगले जेठ १५ मा बजेट ल्याउन रोकेपछि नआउने पक्का भएको हो ।

दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने आयोगको ठहर छ । आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता अनुकुल नहुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु निर्वाचन आचार संहिता अनुकुल नभएको आयोगको भनाई छ ।

साथै दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सरकारको ध्यानाकर्षण गन लागेको हो  । फागुन १८ गतेदेखि लागू आचार संहिता दोस्रो चरणको निर्वाचनसम्म यथावत रहने आयोगले जनाएको छ ।

सरकारले बैशाख ३१ र जेठ ३१ मा दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL