Logo

भौतिक पूर्वाधार पुनर्निर्माणमा कोषमा सूर्यज्योति लाइफले गर्यो १ करोड ५० लाख सहयोग

भौतिक पूर्वाधार पुनर्निर्माणमा कोषमा सूर्यज्योति लाइफले गर्यो १ करोड ५० लाख सहयोग



काठमाडौं । भौतिक पूर्वाधार पुनर्निर्माणमा कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड ५० लाख सहयोग गरेको छ । हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण सरकारी संरचनाहरुमा भएको क्षति पुनर्निर्माणमा गर्न सरकारले स्थापना गरेको कोषमा इन्स्योरेन्सले उक्त सहयोग प्रदान गरेको हो ।

सोमबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन् । जेनजी आन्दोलनका क्रममा भएको भौतिक संरचनाको पुनर्निर्माण गर्न सरकारले ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ खडा गरेको छ । अहिले यस कोषमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्नेहरु बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्