Logo

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एशियाका उपाध्यक्षबीच भेट, सम्पत्ति शुद्धिकरण निवारणमा लगानी गर्ने चाहना

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एशियाका उपाध्यक्षबीच भेट, सम्पत्ति शुद्धिकरण निवारणमा लगानी गर्ने चाहना



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक दक्षिण एशियाका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवाता भएको छ । राष्ट्र बैंकस्थित गभर्नर कार्यालयमा दुई पक्षबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको छ । भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराएका थिए ।

उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिए बताए । नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उनले राखेका थिए ।

भेटवार्तामा मौद्रिक नीति र वित्त नीतिको समन्वय, कर्जाको स्थिति, आर्थिक वृद्धिलगायतका विषयमा समेत छलफल भएको केन्द्रीय बैंकले जनाएको छ । भेटमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका उच्च अधिकारीहरू उपस्थिति थियो । यसै गरी, विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स म्यानेजर लादा स्टे«लकोभा, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख फाय लगायतका अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL