Logo

सार्क चेम्बरको अध्यक्षमा बंगलादेशका सहिद उद्दीन चयन, चण्डीराज ढकाललाई उपाध्यक्ष सहित वित्त समितिको जिम्मेवारी

सार्क चेम्बरको अध्यक्षमा बंगलादेशका सहिद उद्दीन चयन, चण्डीराज ढकाललाई उपाध्यक्ष सहित वित्त समितिको जिम्मेवारी



बंगलादेश । सार्क चेम्बर अफ कमर्सको अध्यक्षमा एमडी सहिद उद्दीन चयन भएका छन् । बंगलादेशको ढाकामा भएको सार्कको ह्याण्ड ओभर टेक ओभर कार्यक्रमबीच बंगलादेशले सार्कको अध्यक्षता लिएको हो । यसअघि सार्कको अध्यक्षता पाकिस्तानले गरेको थियो ।

यसैगरी सार्क चेम्बरको उपाध्यक्षमा नेपालकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले निरन्तरता पाएका छन् । साथै बंगलादेशमा भएको सार्कको महासभाले ढकाललाई उपाध्यक्ष सहित वित्त समितिको संयोजकको समेत जिम्मेवारी दिएको छ ।

कामा भएको सार्कको उक्त महासभामा नेपालकोतर्फबाट सार्कको उपाध्यक्ष ढकालको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष द्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, यसैगरी महासंघका कार्यकारिणी सदस्यहरु अविनाश बोहोरा, गोपाल खनाल, शैलेन्द्र गुरागाई, सुनिल नारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

भारत र पाकिस्तानको आन्तरिक द्वन्द्वका कारण सार्कले गति लिन सकेको थियो । सार्कको अध्यक्षता बंगलादेशले सम्हालेसँगै आगामी दिनमो सार्क चेम्बरले आर्थिक एजेण्डाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL