Logo

नेपाल उद्योग तथा व्यवसायी महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्री पौडेलबीच भेट, समस्या समाधान गर्ने आश्वासन

नेपाल उद्योग तथा व्यवसायी महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्री पौडेलबीच भेट, समस्या समाधान गर्ने आश्वासन



काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटर बधाई तथा शुभकामना दिएको छ । महासंघका अध्यक्ष तथा संघीय सांसद एलपी सावाँ लिम्बुको नेतृत्वमा गएको महासंघ प्रतिनिधि मण्डलले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेललाई भेटेर बधाई तथा सफलताको शुभकामना दिएको हो । 

भेटमा अध्यक्ष लिम्बुले नेकपा एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई पुरा गर्ने जिम्मेवारी रहेको र त्यसका लागि आफुहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । साथै अहिले मुलुक गम्भिर अवस्थामा रहेको भन्दै यसको समाधान गर्न महासंघको कस्तो आवश्यकता पर्छ त्यसका लागि समेत आफुहरुलाई सम्झन अध्यक्ष लिम्बुले अर्थमन्त्रीलाई अनुरोध गरेका छन् । 

भेटमा अर्थमन्त्री पौडेलले प्रतिकुलतासँगै सम्भावना पनि उत्तिकै रहेकाले अहिलेको समस्या समाधान गर्न आफु तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्
MBL