Logo

वाणिज्य बैंकले स्थानीय तहको संचित कोषको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने, पुषसम्म लम्बियो सुविधा

वाणिज्य बैंकले स्थानीय तहको संचित कोषको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने, पुषसम्म लम्बियो सुविधा



काठमाडौं । अर्थमन्त्रालयले स्थानीय तहको खातामा रहेको रकम वाणिज्य बैंकले निक्षेपको रुपमा गणना गर्न पाउने समय लम्ब्याएको छ । यसअघि स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म रकम वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको थियो ।

laxmi

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्यालाई समाधान गर्नका लागि गरिएको यो व्यवस्था असार मसान्तसम्मका लागि थियो । पुनः अर्थमन्त्रालयले यसको समय लम्ब्याउँदै आगामी पुष मसान्तसम्मका लागि तोकिदिएको हो । मन्त्रालयले यस्तो निर्णय कार्यान्वयनका लागि राष्ट्र बैंकलाई समेत पत्राचार गरिसकेको जानकारी दिएको छ ।

मन्त्रालयले बजेट कार्यान्वयनको सारांश प्रस्तुत गर्दै उक्त व्यवस्थाको समयावधि लम्ब्याएको जानकारी दिएको छ । यस्तै मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको अधिकृत पुँजी २ खर्ब कायम गर्न सहमतिसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL