Logo

योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त, गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख सिफारिस

योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त, गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख सिफारिस



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्थविद् पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई ओजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो । जसमा गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL