Logo

विश्व बैंक र नेपाल सरकारबीच २ अर्ब ७८ करोडको सम्झौता, वन संरक्षणमा खर्च गरिने

विश्व बैंक र नेपाल सरकारबीच २ अर्ब ७८ करोडको सम्झौता, वन संरक्षणमा खर्च गरिने



काठमाडौं । विश्व बैंक र नेपाल सरकारबीच सहुलियतपुर्ण कर्जा र अनुदान गरी २४ मिलियन डलर अर्थात हालको विनिमय मूल्य अनुसार २ अर्ब ७८ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । नेपाललाई दिर्घकालिन वन व्यवस्थापनका लागि भन्दै ६ दशमलव १ मिलियन डलर बराबरको अनुदान र १७ दशमलव ९ मिलियन डलर बराबरको सहुलियत पुर्ण कर्जा दिनेसम्न्धी सम्झौता भएको हो ।

laxmi

वन जंगलसँग आधारित पूर्वाधारलाई थप दिर्घकालिन बनाई वन जंगलको उचित व्यवस्थापनमा खर्च गर्ने गरी विश्व बैंकले उक्त सहुलियत प्रदान गर्न लागेको हो । जसमार्फत प्रदेश २ का विभिन्न स्थानीय तहहरुलाई वनजंगलसँग सम्बन्धीत उत्पादनमा आन्तनिर्भर बनाईने र स्थानीय स्तरबाट गरिने संरक्षणमा थप बल पुग्ने बताईएको छ ।

उक्त सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थसचिव शिसिर कुमार ढुंगाना र विश्व बैंकका माल्दिभ्स, श्रीलंका र नेपालका लागि देशिय निर्देशक फरिस हदाद जर्भसले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL