Logo

उद्योगीले भेटे उद्योगमन्त्री, उद्योग व्यवसायलाई अभिभावकत्व दिन अनुरोध

उद्योगीले भेटे उद्योगमन्त्री, उद्योग व्यवसायलाई अभिभावकत्व दिन अनुरोध


बिजखबर संवाददाता
27
Shares

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले नवनियुक्त उद्योग मन्त्री सोमप्रसाद पाण्डेसँग भेट गरेका छन् । अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले शुक्रवार उद्योगमन्त्रीसँग भेटगरि उद्योग क्षेत्रले पछिल्लो पटक व्यहोर्नु परेको समस्या वारेमा अवगत गराएका हुन् ।

सो अवसरमा महासंघका अध्यक्ष मुरारकाले लगभग तीन महिनादेखि जारी तराई आन्दोलन तथा प्रमुख भन्सार नाकामा अवरोधका कारण उद्योग व्यवसाय चौपट भएको बताए । साथै त्यसले गर्दा उद्योग व्यवसाय क्षेत्रले दैनिक करिव २ अर्व वरावरको आर्थिक नोक्सानी व्यहोर्दै आएकाले अहिलेको असहज अवस्थाको तत्काल अन्त्य गर्न आग्रह गरे ।

चरम इन्धन अभावका कारण औद्योगिक उत्पादन तथा कच्चा पदार्थको आयात निर्यात ठप्प रहेको, वीरगंजस्थित सुख्खा वन्दरगाहमा वाहिरवाट ल्याइएका माल वस्तुहरु महिनौदेखि सम्बन्धित स्थानसम्म लैजान नसकिएको जानकारी उनले दिए । ‘त्यसले गर्दा उद्यमी व्यवसायीहरुले माल वस्तुहरुमा तिर्नु पर्ने गोदाम भाडा, डिमरेज र विलम्ब शुल्क तथा कन्टेनर पार्किङ शुल्कलगायतको जरिवाना तीर्न सक्ने अवस्था नरहेकाले तत्काल ती माल वस्तुहरु गन्तव्य तर्फ पठाउने आवश्यक प्रवन्ध मिलाउन अनुरोध गर्छु’

साथै अहिलेको कठिन अवस्थामा समग्र उद्योग व्यवसाय क्षेत्रलाई अभिभावकत्व दिन अनुरोध गर्दै यतिवेला उद्योग मन्त्रालय र अर्थ मन्त्रालय बीच समन्वयको खांचो औल्याए ।

भेटघाटमा उद्योग मन्त्री पाण्डेले अहिलेको असहज अवस्थाबाट उद्योग व्यवसाय क्षेत्र सहित मुलुकको अर्थतन्त्रनै गम्भीर रुपमा प्रभावित भएकोप्रति आफू अत्यन्त संवदेनशील रहेको बताए । साथै उद्योग व्यवसाय क्षेत्रलाई यसस्थितिमा कसरी संवोधन गर्न सकिन्छ तत्काल त्यसतर्फ गृहकार्य थाली सहयोग गर्ने आश्वासन दिए ।

उद्योग मन्त्रीले सुख्खा वन्दरगाहमा रहेका वस्तुहरु छुटाउन छिट्टै पहल बताए । त्यस्तै निजी क्षेत्रलाई साथमा लिई उद्योग क्षेत्रसंग सम्बन्धित नीति निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL