Logo

इन्धन अभावले संकटमा डेरी उद्योग, लोडसेडिङ नभए आंशिक रुपमा चलाउन सकिने

इन्धन अभावले संकटमा डेरी उद्योग, लोडसेडिङ नभए आंशिक रुपमा चलाउन सकिने


बिजखबर संवाददाता
0
Shares

नाकाबन्दीले पेट्रोलियम पदार्थ अभाव भएपछि डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । भारतीय नाकाबन्दीले इन्धन अभाव हुँदा दूध संकलन , प्रशोधन, ढुवानी तथा बजारीकरणमा समस्या आएकोले डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरु बताउँछन् ।

शनिवार नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । सरकारले डिजेल उपलब्ध नगराए २\३ दिनभित्र उद्योग बन्द हुने नेपाल डेरी एशोसिएशनका अध्यक्ष सुमित केडियाले जानकारी दिए ।

इन्धन अभाव हुँदा किसानहरुले दैनिक रू.२ करोड ५० लाख र उद्योगहरुले रू.१ करोडको क्षती वेहोर्नुपरेको केडियाले बताए । सरकारले आवश्यक परिमाणमा इन्धन दिएमात्र पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न सकिने उनी बताउँछन् । ‘नत्र उद्योगहरुसँग स्टक सकिएकोले उद्योग बन्द गर्नुको विकल्प छैन’ केडियाले भने ।
उद्योगीहरुले यदि लोड सेडिङ नहुने हो भने पनि आंशिक रुपमा उद्योग सञ्चालन गर्न सकिने जानकारी दिए ।‘डिजेल खपत कम गर्न राती उद्योग सञ्चालन गर्दै आएका छौं उनले भने ‘विद्युत आपूर्तिमात्र प्रर्याप्त भएमा पनि हालको समस्या केही समाधान हुने थियो ।’

यसको असर उद्योगीलाईभन्दा अझ बढी किसानलाई पर्ने डेरी उद्योग सङ्घका अध्यक्ष प्रदिप महर्जनले बताए । दूध अत्यावश्यकिय र मेशिन तथा यन्त्र उपकरण विना सञ्चित गरेर राख्न नसकिने वस्तु भएकोले पनि यसलाई एम्बुलेन्स सरहको सुविधा दिएर इन्धन उपलब्ध गराइदिन आग्रह समेत गरे ।
हाल काठमाडौं उपत्यककामा निजी डेरीहरुले ५ लाख लिटर दूध खपत गर्दै आएका छन् । डेरी उद्योगमा रू.१५ अर्बभन्दा बढीको लगानी रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा डेरी उद्योगको ९ प्रतिशत योगदान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL