Logo

विजनेश एक्सिलेरेटर कार्यक्रमको आवेदन खुल्ला, आन्तरिक क्षमता बृद्धिमा सहयोग पुग्ने विश्वास

विजनेश एक्सिलेरेटर कार्यक्रमको आवेदन खुल्ला, आन्तरिक क्षमता बृद्धिमा सहयोग पुग्ने विश्वास


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१६ असार,काठमाडौं । नेपाली व्यवसाय प्रर्वद्धन सम्बन्धी कार्यक्रम इन्टरप्राइज नेपाल विजनेश एक्सिलेटर प्रोग्रामका लागि आजबाट आवेदन खुल्ला गरिएको छ ।
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रर्वद्र्धित नेपाली यूवा उद्यमी मंचको पहलमा संचालन हुन लागेको हो । साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रबाट ल्याइएको यो पहिलो कार्यक्रम हो । साना तथा मझौला व्यवसाय जो पूंजी, वजार पहुंच, बढाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको बताइएको छ ।

कार्यक्रमले उद्यम व्यवसाय यी पक्षहरुमा सशक्त नहुदा लक्षित उद्देश्य हासिल गर्न चुकिरहेका उद्योगहरुलाई सवल बनाउन सहयोग पुग्ने कार्यक्रमका निर्देशक अजय श्रेष्ठ बताउँछन् । कार्यक्रम अन्र्तगत छनौट भएका कम्पनीहरुलाई करिव १२ हप्ताको विशेष परामर्शमुलक तालीम दिइने बताइएको छ । जसको उद्देश्य कम्पनीको व्यवसाय प्रवद्र्धन र ती कम्पनीहरुमा नयां लगानीकर्ताहरुको आकर्षण गर्नमा सघाउ पु¥याउनु हुनेछ ।

ती कम्पनीहरुका लागि सफल विज्ञ उद्यमीहरुसंग आफ्ना व्यवसायका उद्देश्य तथा लक्षका वारेमा पुनर छलफल गर्ने, वित्तिय योजनाहरु प्रस्तुत गर्ने, कानूनी परामर्श गर्नेछन् । सो कार्यक्रम कार्यान्वयनको करिवकरिव अन्ततिर कार्यक्रममा सहभागी कम्पनीहरुले बैंकहरु, लगानीकर्ताहरु, भेन्चर क्यापिटल फण्ड, प्राइभेट इक्वीटी फण्ड समक्ष आफ्नो व्यवसायिक योजना र लगानी प्रस्ताब प्रस्तुत गर्नेछन् ।

यो कार्यक्रममा सहभागी हुन कम्तीमा दुई वर्ष संचालनमा रहेका, लगानीकर्ताको खोजीमा रहेका, आफ्नो कम्पनीलाई नयां उचाइमा लैजान प्रतिवद्ध र लालयित संस्थापकहरु रहेको कम्पनी मात्र यसका लागि योग्य मानिने छ ।
कार्यक्रमका निर्देशक अजय श्रेष्ठ भन्छन् ‘नेपालमा धेरै जसो साना तथा मझौला उद्यम व्यवसायहरुले पर्याप्त स्रोत साधनको अभावमा आफूलाई विकसित गर्न सकेका छैनन । कार्यक्रमले कम्पनीलाई आन्तरिक क्षमता विकास गरी लगानीकर्ताहरु आकर्षण गर्न सघाउ पु¥याउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL