Logo

जस्तापाता अव पुरानै मूल्यमा, मूल्यसूची कम्पनीको वेबसाइटमा राखिने

जस्तापाता अव पुरानै मूल्यमा, मूल्यसूची कम्पनीको वेबसाइटमा राखिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१४ जेठ,काठमाडौं । जस्तापाता अव पुरानै मूल्यमा खरिद गर्न पाइने भएको छ । उद्योगीहरु बैशाख ११ अगाडिकै मूल्यमा जस्तापाता विक्री गर्न सहमत भएका हुन् ।

आन्तरिक राजस्व, वाणिज्य,उद्योग,गुणस्तर तथा नापतौल विभाग र उद्योगबीच बुधवार भएको छलफलमा तोकिएको मूल्यमा भन्दा बढीमा विक्री गरेको पाइएमा कारबाही गर्ने सहमती भएको थियो ।

छलफलमा हुलास स्टिलका दिवाकर गोल्छा, भगवती स्टिलका शशिकान्त अग्रवाल, राजेश मेटल क्राफ्टका राजेशकुमार अग्रवाल र आरती स्टिल्सका दिव्यराज सापकोटा सहभागी थिए ।

सबै उद्योगीले मूल्यसूची सर्वसाधारण समेतलाई जानकारी गराउन आफ्नो वेबसाइटमा राख्ने भएका छ  ।

प्रतिक्रिया दिनुहोस्
MBL