Logo

औद्योगिक क्षेत्रमा अर्बौको क्षती, विवरण आउनेक्रम जारी

औद्योगिक क्षेत्रमा अर्बौको क्षती, विवरण आउनेक्रम जारी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

१३ जेठ,काठमाडौं । बैशाख १२ गते गएको महाविनाशकारी भुकम्पले औद्योगीक क्षेत्रहरुमा अर्बौको क्षती भएको छ ।

उद्योग विभागका अनुसार हालसम्म प्राप्त विवरणमध्ये उद्योगहरुमा २ अर्व बराबरको क्षती भएको देखिएको छ । अझै आधाभन्दा बढीको विवरण आउनबाँकी भएकोले क्षती को बढ्ने विभागका महानिर्देशक महेश्बर न्यौपानेले  बताए ।

विभागका अनुसार भगवति स्टिल्स ,हिमालयन फिड्स, औद्योगिक प्रवद्र्धन बोर्ड अन्तर्गतको बालाजु औद्योगिक क्षेत्र, भक्तपुर,पोखरा तथा डेटौडा औद्योगिक क्षेत्रलगायत १ दर्जन उद्योगले विवरण पेस गरेकका छन् ।

भुकम्पबाट विशेषगरी भवन तथा पर्खालमा क्षती भएको देखिएको छ । त्यस्तै यसको प्रभाव साना तथा घरेलु उद्योगमा परेको महानिर्देशक न्यौपानेले बताए । उद्योग विभागले बैशाख १३ गते क्षतीग्रस्त उद्योगको विवरण पेस गर्न सूचना जारी गरेको थियो । सूचना जारी गरेको १ महिना पछी मात्र क्षतीको विवरण आउन थालेको हो ।

क्षति भएकामा विशेषगरी साना उद्योगको संख्या बढी रहेको उनले जानकारी दिए ।

भुकम्पले नेपालका विभिन्न बहुराष्ट्रिय कम्पनीहरुमा समेत क्षती पुर्याएको छ । तिनकुनेस्थित भवन पनि क्षती भएकाले डावर नेपालले आफ्नो कार्यालय सारेको छ । त्यस्तै बोटलर्स नेपालको कार्यालयमा पनि क्षती भएको विभागले जानकारी दिएको छ । तर कम्पनीले क्षतीको विवरण पेस नगरेको  पाइएको छ । हालसम्म यसको पुरा विवरण भने नआइसकेको , न्यौपानेले जानकारी दिए ।

विभिन्न उद्योगहरुले अनलाइन मार्फत पठाउने तथा फारम लैजाने क्रम बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL