Logo

सिएनआई – गर्भनर भेट, निजी क्षेत्रको प्रवद्र्धनलाई जोडदिने गर्भनरको भनाई

सिएनआई – गर्भनर भेट, निजी क्षेत्रको प्रवद्र्धनलाई जोडदिने गर्भनरको भनाई


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१७ चैत,काठमाडौं । नेपाल राष्ट्र वैंकका गभर्नर डा. चिरन्जिवी नेपालले आफुले निजी क्षेत्रको प्रवद्र्धनमा जोड दिने बताए । मंगलवार नेपाल उद्योग परिसंघमा आयोजीत एक कार्यक्रमबीच राष्ट्र वैंकको गरिमा र महत्वलाई उच्च राख्दै निजी क्षेत्रको प्रवद्र्धन लाई महत्व दिने जानकारी दिए ।
‘निजी क्षेत्रको लगानी र लगानीकर्तालाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण तथा वित्तिय व्यवस्थापन गर्नु मेरो प्रमुख उद्देश्य हो’ उनले भने ।

उनले निजी क्षेत्र अझ सवल र सक्षम होस भन्ने उद्देश्यले नै सरकारी स्वामित्वका वैंकहरुमा समेत क्रमशः निजी करणमा लग्ने नीति अवलम्बन भई रहेको जानकारी दिए । ‘यस्तो अवस्थामा निजी क्षेत्रका वैंकलाई समेत राष्ट्र वैंकले व्यवस्थापन गर्न पर्ने वातावरण सृजना भएमा निजी क्षेत्र कमजोर सावित हुन्छ’ उनले भने ‘त्यसैले यस्तो अवस्था आउन नदिन निजी क्षेत्र चनाखो हुनु पर्छ । ’

भेटवार्ताको अवसरमा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले वित्तिय क्षेत्रलाई अझ नयाँ उचाइमा पुर्याउन राष्ट्र बैंकले प्रमुख भूमिका खेल्नुपर्ने बताए । ‘उत्पादनशील क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न सक्ने वातावरण सहित मौद्रिक र आर्थिक नीतिलाई प्राथमिकता दिएर वित्तिय क्षेत्रको प्रवद्र्धन गर्नु जरुरीछ उनले भने ।

सो अवसरमा अध्यक्ष बस्नेतले औद्योगिक विकास र विस्तारको लागि आर्थिक स्थायित्व प्रमुख विषय भएको जानकारी दिए । साथै मुलुकमा लगानी र विकासका लागि निजी क्षेत्र नै अघि बढ्न पर्ने आवश्यकता भएकोले केन्द्रिय वैकले वित्तिय ऐन नीतिको तर्जुमामा निजी क्षेत्रलाई विश्वास गरेर अगाडी बढ्नुपर्ने बताए ।

उक्त भेटवार्तामा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु अनुज कुमार अग्रवाल, सतिष कुमार मोर, मनोज कुमार केडियालगायतको उपस्थिीती रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL