Logo

सेज बिधेयक संसदमा पेश गरिदै, उद्योगलाई सुविधैसुविधा

सेज बिधेयक संसदमा पेश गरिदै, उद्योगलाई सुविधैसुविधा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१२ चैत,काठमाडौं । बिशेष आर्थिक क्षेत्रको स्थापना,सञ्चालन र व्यवस्थापन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरिने भएको छ । उद्योग मन्त्रालयले पेश गर्न लागेको सो ऐन व्यवस्थापिका संसदबाट पारित भएपछि ‘विशेष आर्थिक क्षेत्र ऐन’ का रुपमा कार्यन्वयनमा आउने छ ।

laxmi

विशेष आर्थिक क्षेत्र सञ्चालनका लागि सो ऐन ल्याउन लागेको उद्योगमन्त्री महेश बस्नेतले बताए ।

सेज भित्र सञ्चालन गरिने उद्योगले निर्यात गरेको वस्तु वा सेवा तथा ती उद्योगलाई बिक्री गरिने कच्चा पदार्थ तथा उत्पादित सामानलाई शून्य दरमा मूल्य अभिवृद्धि कर लागू हुने बताइएको छ । तर उद्योगको उत्पादन निर्यात नभएमा यो सुविधा प्राप्त नहुने व्यवस्था छ ।

त्यस्तै विशेष आर्थिक क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेका कुनै पनि उद्योगलाई राष्ट्रियकरण नगरिने, विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगबाट गरिने व्यापारिक कारोबार, उत्पादित वस्तु वा सेवामा लाग्ने महसुल, शुल्क वा कर प्रायोजनको लागि त्यस्तो क्षेत्रलाई करको क्षेत्राधिकारभन्दा बाहिर रहेको इलाका मानी विशेष व्यवहारको व्यवस्था गरिने बताइएको छ ।

त्यसैगरी क्षेत्रभित्रका उद्योगले प्रयोग गरेको जग्गा वा भवनको बहाल वा लिज वापत बुझाउनु पर्ने रकममा उद्योग स्थापना भएको पहिलो, दोस्रो र तेस्रो वर्षको लागि क्रमशः पचास, चालीस र पच्चीस प्रतिशतका दरले छुट पाउने प्रावधान छ । २०७१ फागुन २७ गते मन्त्रिपरिषद विधेयक समितिको बैठकले विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चालु व्यवस्थापिका संसदमा संसदमा पेस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL