Logo

उद्योग दिवश मनाइदै, औद्योगिक प्रदर्शनी पनि आयोजना गरिने

उद्योग दिवश मनाइदै, औद्योगिक प्रदर्शनी पनि आयोजना गरिने


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२६ माघ, काठमाडौं । सरकारले जेठ १३ गतेलाई उद्योग दिवसको रुपमा मनाउने तयारी गरेको छ । पहिलोपटक औद्योगिक व्यवसायी ऐन जारी भएको दिनलाई आधार मानेर उद्योग दिवस मनाउन लागेको हो ।

२०१८ जेठ १३ मा पहिलोपटक ऐन जारी भएको थियो । उद्योग मन्त्री महेश बस्नेतले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिए । सो अवसरका उनले उद्योग क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने उद्योगीलाई सम्मानका साथै उत्कृष्ट उद्योगीहरुलाई पुरस्कृत गरिने जानकारी दिए ।

उद्योग दिवसको अवसर पारेर सरकारले औद्योगिक प्रदर्शनी समेत आयोजना गर्न लागेको उनले बताए । देशभर हाल दुई लाख २९ हजार ३ सय ४ वटा साना तथा मझौला उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL