Logo

वैदेशिक लगानीका लागी प्रकृया र नीतिगत सुधार आवश्यक, लगानीको समयसीमा तोक्न सुझाव

वैदेशिक लगानीका लागी प्रकृया र नीतिगत सुधार आवश्यक, लगानीको समयसीमा तोक्न सुझाव


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग मन्त्रायलमा आइतवार बसेको उच्च स्तरिय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिको बैठकले वैदेशिक लगानी अकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष निकालेको छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । साथै वातावरण सम्वन्धी मुल्यांकन प्रकृया प्रारम्भिक वातारणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनलाई सरलिकृत बनाउने निचोड निकालेको छ ।

बैठकले अन्तर मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडी बढाउने भएको छ । बैठकमा उद्योग मन्त्री जोशीले अन्तरराष्ट्रिय लगानी सम्मेलनबाट अन्तराष्ट्रिय जगतमा नेपालमा एफडिआई भित्र्याउन तयार छ भन्ने सन्देश गएको बताए । त्यस्तै सम्मेलनपछिका दिनमा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुको उत्साह र चासो देखिएको र अनुरुपको चासो र उत्साह नेपालका नीजि क्षेत्रमा नदेखिनु दुखद भएको बताए ।

मन्त्री जोशीले सम्मेलनमा व्यक्त प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सकारात्मक ढंगले सरकार सँग हातेमालो गरेर अगाडी बढ्न नेपालको नीजि क्षेत्रलाई अग्रह गरे ।
बैठकमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले वैदेशिक लगानी भित्र्याउने प्रकृयालाई सरलिकृत गरी कार्यान्वयन चरणमा लैजान उद्योग मन्त्रालयले कार्य सुरु गरिसकेको बताए ।

पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले वन र वातावरणको संरक्षण गर्दै हाम्रा नीति नियमहरुलाई लगानी मैत्री बनाउन जरुरी रहेको बताए । साथै कतिपय परियोजनाहरु सरकारकै नीतिगत अस्पष्ठताका कारण कार्यान्वयन तहमा जान ढिलाई भईरहेको भन्दै दोस्रो अन्तरराष्ट्रिय विमानस्थल कुन मोडलमा बनाउने भन्नेमा अन्यौल रहेको जानकारी दिए । वैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा व्यक्त अशय पत्रलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान टिओआर बनाएर प्रोजेक्ट बैंक उप समितिले काम अगाडी बढाईसकेको जानकारी दिए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मन्त्रालयले विदेशी तथा स्वदेशी लगानीकर्तालाई बोलाएर समस्या सोध्नुपर्ने बताए । त्यस्तै अन्तर मन्त्रालय आवद्धताका कारण प्रक्रिया पुरा गर्न नसकी लगानी नगर्ने अवस्था रहेको गुनासो गरेका थिए ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले सम्मेलनले लगानीलाई आकर्षण गर्न र उत्साह थपिएको जानकारी दिए । उनले लगानीको समयसीमा तोक्नु आवश्यक भएको बताए । ‘यति दिनभित्र यस्तो सुविधामा यस्तो कानुनलगायतबारे विदेशी लगानीकर्तालाई जानकारी दिनुपर्छ’ उनले भने ‘ओपन इनडेड’ बनाउनु हुदैन ।’उनले प्रतिवद्धता अनुसारको लगानी आए नआएको समयसमयमा निरिक्षण गर्न सुझाए । त्यस्तै मन्त्रालयमा छुट्टै प्राविधिक समिति गठन गर्नु आवश्यक भएके बताए ।

सो अवसरमा चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी सम्मेलनमा आएका इच्छापत्रबारे के कस्ता प्रगती भयो भन्ने बारे जानकारी दिन आग्रह गरे । उद्योग मन्त्री नवीन्द्रराज जोशीलाई आजै वन कृषि र खनिजमा अधारित उद्योगहरुको सम्भाव्यता वारे अध्ययन गर्न गठित समितिले उसको प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गरको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL