Logo

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ



काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेर १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

laxmi

बिहीबार छापावाला सुनको मूल्य तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि तोलाको ८ सय रुपैयाँले नै बढेर १ लाख १९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँ थियो । शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL