Logo

बंगलादेशमा गार्मेन्ट कामदारको पारिश्रमिक ५६.२५ प्रतिशतले वृद्धि, मजदूर यूनियनको विमति

बंगलादेशमा गार्मेन्ट कामदारको पारिश्रमिक ५६.२५ प्रतिशतले वृद्धि, मजदूर यूनियनको विमति



काठमाडौं । बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मङ्गलबार ५६.२५ प्रतिशतले वृद्धि गरेको छ । सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम रहेको बताएको छ ।

laxmi

‘गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने कामदारहरूको नयाँ न्यूनतम मासिक ज्याला १२ हजार ५ सय टाका (११३ अमेरिकी डलर) निर्धारण गरिएको छ,’ सरकारले नियुक्त गरेको न्यूनतम ज्याला निर्धारण समितिका सचिव राइशा अफरोजले एएफपीसँग बताए ।

बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् ।

बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ । तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ ।

न्यून आयभएका कामदारमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL