Logo

घट्दै वैदेशिक लगानी, ६ महिनामा ७८ प्रतिशतको गिरावट

घट्दै वैदेशिक लगानी, ६ महिनामा ७८ प्रतिशतको गिरावट



काठमाडौं । नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा उच्च गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांकलाई आधार मान्दा गत आवको सोही अवधिको तुलनामा एफडीआइमा ७८ प्रतिशतको गिरावट आएको हो ।

laxmi

तथ्यांकअनुसार चालु आवको गत साउनदेखि पुस मसान्तसम्म जम्मा २ अर्ब ५५ कराड ६७ लाख रुपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ । जबकी गत आवको सोही अवधिमा नेपालमा १९ अर्ब २१ करोड ९० लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीमार्फत भित्रिएको थियो । गत बर्ष यस्तो लगानी अघिल्लो आवको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढेको थियो ।

यता प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता हेर्ने हो भने चालु आवको पहिलो ६ महिनामा १७ अर्ब ३० करोड रुपैयाँ बराबरको प्रस्ताव आएको देखिन्छ । यस अवधिमा गत आवको सोही अवधिको तुलनामा वैदेशिक लगानी प्रस्तावमा पनि करिव १३ अर्बको गिरावट आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

गत आवको सोही अवधिमा नेपालमा साढे ३० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । विश्वभर फैलिएको कोरोना महामारीको प्रभाव अझै पनि चीनमा जारी रहेकाले नेपालमा एफडीआई साविकका बर्षभन्दा घटेको संयुक्त राष्ट्र संघ अन्तर्गत अंकट्याडले हालै जारी गरेको एक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार नेपालमा धेरै लगानी भित्र्याउने चीनले कोरोनाकै प्रभावका कारण पछिल्लो समय लगानी भित्र्याउन सकिरहेको छैन ।

त्यति मात्रै नभई विश्वभर नै हाल देखिएको मन्दीको असरले विश्वभर नै एफडीआईमा गिरावट आएको देखिन्छ । अमेरिकी केन्द्रिय बैंकले ब्याजदर बढाउनु, रुस युक्रेन व्यापार युद्धले व्यापारचक्र विथोलिनु र महंगी उच्च बढ्नुले लगानीकर्तामा निराशापन ल्याएको विज्ञहरुको भनाई छ । विश्वका धेरै अर्थशास्त्री तथा आर्थिक संघसंस्थाहरुले पनि चालु बर्ष विश्व आर्थिक मन्दी निम्तिने डर देखाईदिँदा विश्वभर प्रवाह हुने एफडीआईमा केहि संकुचन आएको विभिन्न प्रतिवेदनमा देखिन्छ ।

यता नेपालमा भने गत कार्तिक अन्तिमदेखि उद्योग विभागले विजनेस भिसा सिफारिसमा गरेको कडाईको पनि केहि असर देखिएको विभागका अधिकारीहरु बताउँछन् । विभागले विदेशी लगानीकर्ताका लागि भिसा सिफारिस दिँदा विभिन्न शर्तहरु तोकिदिएको छ । जसका कारण पनि विभागमा आउने नक्कली विदेशी लगानी प्रस्तावमा कमी आएको विभागका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL