Logo

नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर पुनःनिर्वाचित, २५ सदस्यीय नयाँ कार्यसमिति चयन

laxmi

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुनर्निर्वाचित गरेको छ । हालै राजधाानीमा सम्पन्न साधारणसभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको निवर्तमान अध्यक्षमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा राजुबाबु श्रेष्ठ तथा उपाध्यक्षद्वयमा महेश्वर श्रेष्ठ र महेश शर्मा ढकाल निर्वाचित भएका छन् । संघको महासचिवमा विवेक पौडेल, कोषाध्यक्षमा विजय मुल्मी, सचिवद्वयमा निरञ्जन तिवारी र रुक्मिणी पौडेल निर्वाचित भएको संघले जनाएको छ ।

संघको कार्यसमिति सदस्यहरुमा विजय श्रेष्ठ, विक्रम पाण्डे, ज्ञानेन्द्ररत्न तुलाधर, हेमन्त अग्रवाल, ह्वाङ इर्डोङ, कुमार दाहाल र पवित्र घर्ती मगर रहेका छन् । यस्तै, पासाङ नुर्बु, पशुपतिभक्त श्रेष्ठ, रमेश शेर्पा, शितल शर्मा, स्कन्द अमात्य, सोवित उप्रेती, सिन चेन चेन, यमुना श्रेष्ठ र झाङ शाओई कार्यसमिति सदस्यमा निर्वाचित भएको संघले जनाएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष तुलाधरले नेपालको बढ्दो व्यापार घाटा कम गर्दै पर्यटन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले चीनसँगको सीमा नाका नियमित र पूर्ण क्षमतामा सञ्चालनका लागि संघले पहल गर्ने प्रतिवद्धता जनाए ।

साधारणसभाको उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गरेका थिए भने साधारणसभामा निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठसहित हिमालय एयरलाइन्स, सिनो हाइड्रो सगरमाथा पावर कम्पनी तथा सिल्क ट्रान्सपोर्टलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL