Logo

महासंघ चुनावलाई वरिष्ठ उपाध्यक्षका आकांक्षी उमेश र अञ्जनले बनाए टीम, रामचन्द्र र दिनेश कसरतमा

महासंघ चुनावलाई वरिष्ठ उपाध्यक्षका आकांक्षी उमेश र अञ्जनले बनाए टीम, रामचन्द्र र दिनेश कसरतमा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले आआफ्नो टीम निर्माणमा जुटेका छन् । आगामी चैत २९ गते हुने महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि हालसम्म ४ जना उम्मेदवार आकांक्षी देखिएकामा सोमध्ये २ जनाले आन्तरिक रुपमा आफ्नो टीम खडा गरेको र २ जना टीम निर्माणका लागि कसरतमा रहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

laxmi

उक्त स्रोतका अनुसार हाल वरिष्ठ उपाध्यक्षका आकांक्षी उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले पदाधिकारी तहको आआफ्नो टीम बनाईसकेका छन् । जसअनुसार वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्को टीममा वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसिएट्स उपाध्क्षमा भरत आचार्य रहेका छन् । यसैगरी जिल्ला नगर उपाध्यक्षमा लुम्बिनी प्रदेशमा अध्यक्ष कृष्ण शर्मा रहने उक्त स्रोतले जानकारी दिएको छ ।

यसैगरी अर्का वरिष्ठ उपाध्यक्षका आकांक्षी अञ्जन श्रेष्ठले पनि आन्तरिक रुपमा पदाधिकारी तहको टीम निर्माण गरिसकेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । उक्त स्रोतका अनुसार उनको बस्तुगत उपाध्यक्षमा मनिष प्रधान, एशोसिएट्समा शाहिल अग्रवाल र जिल्ला तथा नगर उपाध्यक्षमा अरुणराज सुमार्गी रहेका छन् ।

वरिष्ठ उपाध्यक्षको दौडमा रहेका रामचन्द्र संघईं र दिनेश श्रेष्ठ भने हालसम्म टीम निर्माणकै क्रममा रहेको उक्त स्रोतको भनाई छ । हालसम्म दुबै जनाले आन्तरिक रुपमा समेत बस्तुगत, एशोसिएट्स तथा जिल्ला नगरतर्फको उपाध्यक्षको टुङ्गो नलगाईसेकेको सम्बद्ध स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL