Logo

१० मेवाको सोलार ईनर्जी उत्पादन गर्न झापा इनर्जी र दुई बैंकबीच सम्झौता, १ वर्ष भित्रै ग्रीडमा जोडिने

१० मेवाको सोलार ईनर्जी उत्पादन गर्न झापा इनर्जी र दुई बैंकबीच सम्झौता, १ वर्ष भित्रै ग्रीडमा जोडिने



काठमाडौं । झापा जिल्लामा १० मेगावाटको सोलार इनर्जी उत्पादन गर्न वित्तीय सम्झौता भएको छ । झापा इनर्जीले उत्पादन गर्न लागेको १० मेगावाटको सोलार इनर्जीमा माच्छापुच्छ्रे बैंक र सिभिल बैंकले लगानी गरेका हुन् ।

सोमबार एक कार्यक्रमबीच झापा इनर्जी र दुई बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । यससँगै उक्त सोलार इनर्जीमा दुई बैंकले ५९ करोड रुपैयाँ लगानी गर्ने छ । जसमा लिड बैंकको रुपमा माच्छापुच्छ्रे बैंकले ३२ करोड ९४ लाख ५० हजार रुपैयाँ र २६ करोड ९६ लाख ५० हजार रुपैयाँ लगानी गर्नेछन् ।

कुल ७९ करोड ९० लाख रुपैयाँ रहेको उक्त परियोजनामा बाँकी २५ प्रतिशत रकम प्रवद्र्धकहरुको रहने छ । झापाको सिवसोताक्षी नगरपालिकामा स्थापना हुन लागेको सोला इनर्जीका लागि प्रवद्र्धकहरुले २२ विगा जमिन खरिद गरेर निर्माण कार्य अघि बढाएको कम्पनीका अध्यक्ष माननीय एलपी साँवा लिम्बुले जानकारी दिए । आयोजना स्थलबाट ग्रीडमा जोड्न ५ सय मिटरको मात्रै दूरी रहेको र आयोजनाको निर्माण लाग समेत कम रहेनछ ।

कम्पनीले २०८० जेठ ११ गतेभित्रै उत्पादन थाल्ने लक्ष्य लिएको छ । उत्पादन थालेको पहिलो वर्षमा १ करोड ७६ लाख युनिट अर्थात १२ करोड ८५ लाख रुपैयाँको विद्युत बिक्री गर्ने लक्ष्य लिएको छ ।

विद्युत प्राधिकरणसँग टेक अर पेमा पीपीए सम्झौता गरेको कम्पनीको प्रतियुनिट मुल्य ७ रुपैयाँ ३० पैसा रहेको छ । प्राधिकरणसँग २५ वर्षको पीपीए गरेको सो कम्पनीले साढे ६ वर्षमा आफ्नो लगानी उठाउने लक्ष्य लिएको छ । साथै कम्पनीले आगामी वर्षभित्रै सर्वसाधारणलाई समेत सेयर जारी गरिने कम्पनीमा अध्यक्ष लिम्बुले जानकारी दिए ।

विश्वमा ८ लाख ४९ हजार ४ सय ७३ मेगावाट सोलार इनर्जी उत्पादन भैरहेकोमा नेपालमा हालसम्म ९३ मेगावाट मात्रै उत्पादन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL