Logo

थानकोट डिपोमा बन्यो २०० तेल ट्यांकी अटाउने पार्किङ यार्ड, उद्योगमन्त्रीले गरे उद्घाटन

थानकोट डिपोमा बन्यो २०० तेल ट्यांकी अटाउने पार्किङ यार्ड, उद्योगमन्त्रीले गरे उद्घाटन



काठमाडौं । नेपाल आयल निगमले थानकोट डिपो रिइन्जिनियरिङ परियोजना अन्तर्गत प्रथम चरणका काम सम्पन्न गरेको छ । जसअन्तर्गत टीएलफएफ सेड, २ सय ट्यांकी अटाउने पार्कीङ, फायर फाईटिङ प्रणाली, फ्लो मिटरलगयात निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उक्त संरचनाहरुको उद्घाटन गरेका हुन् ।
उक्त क्षेत्रमा वि.सं. २०५८ देखि डिपो संचालनमा ल्याईएको थियो ।

laxmi

उक्त कार्यक्रममा उद्योग मन्त्रालयका सचिव तथा निगम संचालक समितिका अध्यक्ष दिनेश भट्टराई,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेपाल सरकारका सह(सचिव एवं निगम संचालक समितिका पदाधिकारीहरुलगायतकोउपस्थिति रहेको थियो।

वि।स। २०२७ सालमा विभिन्न पेट्रोलियम पदार्थहर्रुको आयात, भण्डारण तथा बिक्रि वितरणको कार्य गर्ने उदेश्यका साथ सरकारी कम्पनीको रुपमा नेपाल आयल निगमको स्थापना भएसंगै नेपाल राज्यभर निगमका क्षेत्रीय कार्यालयहरु स्थापना हुन थाले ।

यसै क्रममा वि.स.२०५८ सालमा नेपाल आयल निगम लि. इन्धन डिपो थानकोटको स्थापना भई यस क्षेत्रमा पेट्रोलियम पदार्थहरुको बिक्रिबितरणको कार्य सुरु भएको थियो । करिब १ सय ६ रोपनी क्षेत्रफलमा फैलिएको डिपो परिसरमा डिजेल ८४०० कि.लि., पेट्रोल ६०७० कि.लि. र मट्टीतेल ७६० कि।लि। भण्डारण क्षमताका स्टोरेज ट्यांकहरु रहेका छन । डिपो स्थापना देखि हालसम्स आईपुग्दा पेट्रोलियम पदार्थको बिक्रि परिमाण अत्याधीक रुपमा बृद्धि भएपनि भण्डारण क्षमताको बृद्धि हुन नसक्दा सोहि क्षमता नै हालसम्म प्रयोगमा आएको छ । यस डिपोबाट हाल बागमती प्रदेशका १० वटा जिल्लामा रहेका १ सय ८० पेट्रोल पम्पहरुबाट पेट्रोलियम पदार्थको बिक्री बितरण गर्दै आईरहेको छ । हाल भारतको बरौनी र नेपालको अमलेखगंज डिपोबाट डिजेल, पेट्रोल र मट्टीतेल आयात एवंंं प्राप्ति गरि बिक्रिबितरण को व्यवस्था मिलाईएको छ ।

हाल पेट्रोलियम पदार्थको मागमा बार्षिक करिब १० प्रतिशतका दरले बृद्धि हुदै गईरहेको छ । हाल औषत रुपमा दिनको करिब ७०० के।एल। पेट्रोल र ९०० के।एलÞ। डिजल र सरदर औषत ८ के।एल। मट्टीतेल बिक्रि वितरण हुने गरेको छ ।

निगमको वार्षिक नीति तथा कार्यक्रम अन्तरर्गत उक्त डिपोलाई आधुनिकिकरण गरि डिपोलाई स्तरोन्नति गर्ने उद्धेश्यले अन्तराष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका उपाय एंव प्रविधिहरु अपनाई रिईन्जिनियरिङ परियोजनाको प्रथम चरण अन्तरर्गत निम्न योजनाहरु सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL