नेपालमा एस ब्राण्डका हेभी इक्युपमेन्टको बिक्रि शुरु, स्पार्क अटोमोटिभ्स बन्यो आधिकारिक बिक्रेता


बिजखबर संवाददाता
20 January, 2021 1:56 pm

ace brand

काठमाडौं । भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा स्पार्क अटोमोटिभ्सले ल्याएको हो । एस कम्पनीद्वारा उत्पादीत यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् ।

FoneLoan-250x250
yamaha
bajaj

नेपालमा स्पार्क अटोमोटिभ्सले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३०–४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा बिभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् ।

स्पार्क अटोमोटिभ्सकोे वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगंजमा रहेको छ भने कर्पोरेट अफिस काठमाडौंको नक्सालमा रहेको छ । यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमशः बिक्री बितरण गर्ने र भविष्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समयअनुसार शाखाहरु बिस्तार गर्दै लैजाने जनाएको छ ।

एस इक्युपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धि उपकरण निर्माण गर्ने कम्पनी हो । जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पूर्वाधार निर्माण, ठूलाठूला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एस इक्युपमेन्टले आफ्नो उत्पादनहरुको बिक्री बितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Connect_IPS