Logo

प्रियजनहरूसँग एकसाथ खाना बाँड्दाको खुशी मनाउँदै ‘कोक र खाना’ अभियान

प्रियजनहरूसँग एकसाथ खाना बाँड्दाको खुशी मनाउँदै ‘कोक र खाना’ अभियान



काठमाडौं । हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडि फर्केर हाम्रो वरिपरिको संसार पुनःपत्ता लगाउने अवसर प्रदान गरेको छ ।

साथीहरू र परिवारसँग खानाखाने जस्ता साधारण चीजहरूले नयाँ महत्व पाएका छन् । यो अन्तर्दृष्टि कोका–कोलाको ‘कोक र खाना’ अभियानमा रुपान्तरण भएको हो जहाँ नेपालमा कोकको साथ खानाका क्षणहरूको आनन्द र खुशी मनाउन सकिने कम्पनीले जनाएको छ । र ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’भन्ने नारासहित यसले कोकसँग खाँदा साधारण खाना पनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई यो अभियानले पुनःस्थापना गरेको कम्पनीको दावी छ ।

विगत ५ वर्ष देखि कोका–कोलाले मोःमोःउत्सव पर्वको रुपमा कोक र खानाको संयोजनलाई मनाउँदै आइरहेको छ । यस वर्षको अभियानमा भनेको कोका९कोलाले मःमः को साथै हरेक खानामा कोकले थप्ने स्वादको उत्कृष्टत मनाउँदै जाने बताएको छ ।

यस अभियानको बारेमा बोल्दै नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो, र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्छ । हामी यस अभियानलाई एक ठूलो, एकताबद्ध भावको रूपमा देख्छौं जुन अहिलेको समय र ब्रान्ड दुबैको लागि उपयुक्त छ । कोक र खाना एक उत्कृष्ट जोडी हो र हामी हाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौं ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोक र खाना अभियान विश्वव्यापी रूपमा सफल भएका छन् र हामीले कोका–कोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तम साझेदारका रूपमा स्थापित गरेकाले हामी यसलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं । यो अभियानको छैठौं वर्षमा आइपुग्दा, हामी ‘खाना जे होला, स्वाद बढाउन कोका–कोला’ भन्ने सन्देश प्रवाह गर्न पाउँदा खुसी छौं । यो सन्देशले उपयुक्त खानाको संस्कार र खानाको समयको साथलाई प्रतिबिम्बित गर्दछ ।’

कोकाकोला कम्पनी नेपालले यस अभियानभरि आफ्ना उपभोक्ताहरूका लागि थुप्रै आश्चर्यजनक योजनाहरु बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL