Logo

पदबहाली गर्दै उर्जामन्त्रीले भने, –‘एमसीसी देशको हितमा छ, लागु गर्न सहयोग गर्नुस

पदबहाली गर्दै उर्जामन्त्रीले भने, –‘एमसीसी देशको हितमा छ, लागु गर्न सहयोग गर्नुस



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँंचाई मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझीले आफ्नो पदबहालीमा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) लागु गर्नुपर्ने बताएका छन् । उनले आईतबार पदबहाली गर्दै यो नेपालको हितमा भएकाले लागु गर्नुपर्ने बताएका हुन् ।

laxmi

उनले एमसिसीसँग सम्बन्धित विषय नेपालको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । उनले भने ‘ एमसिसी नेपालको हितमा छ, यसकाबारेमा अनावश्यक टिका टिप्प्णी नगरौ । विवाद सिर्जना गरेर काम छैन । अब यसलाई कार्यान्वयनमा लैजानुपर्छ ।’

उनले संचारकर्मीहरुसँग कुराकानी गर्दै यो देशको पक्षमा भएकाले यसबारे अनावश्यक हल्ला फैलाई जनतालाई त्रसित तुल्याउने काम नगर्नसमेत आग्रह गरेका छन् । उनले आईतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको रुपमा पद बहाली गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL