Logo

फोर्ड विन्टर फेष्ट, क्रिसमसको रमाइलो फोर्डसँग

फोर्ड विन्टर फेष्ट, क्रिसमसको रमाइलो फोर्डसँग



काठमाडौ । जी.ओ.अटोमोवाइल्स् (जी.ओ.) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा बुकिङ्ग खुल्ला गरेको थियो । 

laxmi

क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक बर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्गमाझ बाढ्ने भएको छ । साथै यस उत्सवमा फोर्डको २०२१ सस्करण गाडी २०२० मूल्यमा बुकिङ्गको व्यवस्था पनि गरिएको छ । 

ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ । 

यस उत्सवमा ग्राहकहरुले विभिन्न अद्भूत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको शान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्ने छ । पहिलादेखि नै हामीले सान्तालाई रातो र सेतो पहिरणमा देख्दै आइरहेको छाँै भने यसपाली लविममा सान्ता नीलो र सेतो पहिरणमा हुनेछ ।

प्रदशर्नी तथा टेष्ट ड्राइभ
सो उत्सवमा ग्राहकले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ तथा फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् । साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा बुकिङको पनि व्यवस्था गरिएको छ । 

फोटो प्रतिस्पर्धा 
कम्पनीको डिजिटल प्रचारअन्र्तगत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एल जी टी)सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा निम्न ह्यासट्याग # FORD_WINTER_FEST_#FORD NEPAL # LABIM MALL पोष्ट गरी दैनिक आकर्षक उपहार जीत्न सकिन्छ   यस प्रतिस्पर्धाको विजेताले फोर्डबाट आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन् ।

नीलो सान्ता
शान्ता जसलाई रातो र सेतो पहिरणमा देख्छौँ यस क्रिसमसमा फोर्डले फरक परिदृश्यमा प्रस्तुत गर्ने जनाएको छ । शान्ता फोर्डको नीलो पृष्ठभूमीमा साजसज्जाका साथ प्रस्तुत हुँदै चकलेट उपहार बाँढ्दै लविम मलको दर्शकमा प्रेमभाव व्यक्त गर्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL