Logo

६३ औं चेम्वर दिवस सम्पन्न, मुख्य सचिव भन्छन् निजी क्षेत्र विना आर्थिक विकास हुँदैन

६३ औं चेम्वर दिवस सम्पन्न, मुख्य सचिव भन्छन् निजी क्षेत्र विना आर्थिक विकास हुँदैन


बिजखबर संवाददाता
0
Shares

मुख्य सचिव सोमलाल सुवेदीले निजी क्षेत्रको प्रभावकारी भूमिका विना मुलुकको आर्थिक विकास सम्भव नहुने बताएका छन् । ६३ औं चेम्वर दिवसको उद्दघाटन गर्दै  मुख्यसचिव सुवेदीले मुलुकको आर्थिक विकासमा चेम्वरले खेलेको भूमिकाको प्रशंशा गर्दै आफू व्यापार सहजीकरण गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।

भारतको अघोषित नाकाबन्दीले मुलुकमा इन्धन, औषधीलगायत अतिआवश्यकीय बस्तुको आपूर्तिमा समस्या देखिएकाले सरकारले वितरण प्रणालीलाई प्रभावकारी बनाउन सक्दो प्रयास गरिरहेको बताए ।
उनले देशको व्यापार घाटा डरलाग्दो अवस्था भएकोले निकासी प्रवद्र्धनमा सरकारले विशेष जोड दिएको छ । निर्यातमुखी लगानी मैत्रीवातावरण बनाउन सरकार प्रयत्नशिल रहेको वताए ।

वाणिज्य तथा आपूर्ति सचिव ईन्द्रप्रसाद उपाध्यायले मुलुकको आर्थिक विकासमा नेपाल चेम्वर अफकमर्सले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
साथै अति आवश्यकीय बस्तुहरु खासगरी इन्धनको आयातमा अल्पकालिन तथा दीर्घकालिन योजनामार्फत आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको बताए ।
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा चेम्वरले सवैंसंग सहकार्य गरेर अगाडि बढने बताए । उनले  इन्धन, औषधीलगायत अतिआवश्यकीय बस्तुहरुको आपूर्तिमा सरकारले विशेष ध्यानदिनु पर्ने बताए । त्यस्तै तराई मधेशका समस्या समााधान गर्न सरकारले विशेष पहल गर्नु पर्ने बताए । उनले  आर्थिक सम्वृद्धि प्राप्त गर्न निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन गरी लगानीकर्ताको मनोबल उच्च राख्नु पर्नेमा जोड दिए ।

त्यस्तै आर्थिक ऐनहरु अविलम्व ल्याईनु पर्ने, लचिलो श्रमनीति, आयाततथानिर्यातकालागत घटाउनु पर्ने, निर्यात व्यापार वृद्धि गर्र्न अन्तर्राष्ट्रिय बजारको खोजीगर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL