Logo

अरुण काबेलीका लगानीकर्ताले ६ प्रतिशत लाभांस पाउने, साधारणसभाले गर्याे प्रस्ताव पारित

अरुण काबेलीका लगानीकर्ताले ६ प्रतिशत लाभांस पाउने, साधारणसभाले गर्याे प्रस्ताव पारित



काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको १० औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरूलाई ५ दशमलव ७१ प्रतिशत बोनस सेयर र ० दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

laxmi

कम्पनीको सोमबार भर्चुअल माध्यमबाट आयोजित साधारण सभाले अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डासमेत पारित गरेको छ । साधारणसभामा कम्पनीका वित्त प्रबन्धक थानेश्वर भट्टराईले आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै सेयरधनी अरुणभ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष रमेश न्यौपानेले आफ्ना धारणा राखेका थिए। सभामा सेयरधनीका तर्फबाट डमरुबल्लभ घिमिरे, शिवप्रसाद पौडेल, अमृतनाथ रेग्मी, अमृतदास रंजित, चन्द्रनारायण श्रेष्ठलगायतले कम्पनीको प्रगतिप्रति खुशी ब्यक्त गर्दै अर्को बर्ष दोहोरो अंकमा लाभांश दिने गरी काम गर्न आग्रह गरेका थिए । सभाको संचालन कम्पनी सचिव सिर्जना खड्काले गरेकी थिइन् ।

साधारणसभामा प्रस्तुत शेयरधनीका सुझावलाई कम्पनीले कार्यान्वयन गर्ने बताउँदै अध्यक्ष न्र्यापानेले आगामी दिनमा समेत सबै पक्षबाट साथ सहयोगको अपेक्षा गरेका थिए । कम्पनीले पारित गरेको लाभांश मंसिर १२ गतेदेखि बुकक्लोज हुनुअघि सेयर किनेका सेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL