Logo

फोन पे को ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक, यामाहाको रेजेडआर स्कुटर जित्न सकिने

फोन पे को ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक, यामाहाको रेजेडआर स्कुटर जित्न सकिने



काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक गरेको छ ।

laxmi

फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो । जहाँ प्रयोगकर्ताले दैनिक,साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् । 

उक्त योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले रू एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रू १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक/एक वटा प्रेस विज्ञप्तीमा जनाएको छ ।

उक्त योजनाको उपहार अन्तिममा सार्वजनिक गरिनेछ ।  यो योजना मंसिर ८ देखि माघ ११ सम्म सञ्चालन हुनेछ । फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्
MBL