Logo

टीसीएलको फोरके एन्ड्रोइड स्मार्ट टीभी नेपालमा, आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्‍चालित हुने

टीसीएलको फोरके एन्ड्रोइड स्मार्ट टीभी नेपालमा, आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्‍चालित हुने



काठमाडौं । टीसीएल ब्रान्डका विद्युतीय उपकरणको माग पछिल्लो समय नेपालमा पनि बढ्दो छ । अघिल्लो तीन वर्षको तुलनामा टीसीएल एलईडी टीभीको माग ५० प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

laxmi

नेपालमा टीसीएल ब्रान्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायत उपकरणहरु चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालिमार्फत नेपाली बजारमा बिक्री हुने गर्छ ।

टीसीएल ब्रान्डले फोरके स्मार्ट टीभी नेपालमा बिक्री सुरु गरेको छ । टीसीएलले नयाँ पी ७१५ र पी ६१५ मध्यम दायराका टेलिभिजनका सिरिजहरु नेपालमा सुरु गरेको छ । यस श्रेणीका सबै मोडेलमा फोके रेसोलुसन स्क्रिन र एन्ड्रोइड टीभीको सफ्टवयेर रहेको जनाइएको छ ।

यी टेलिभिजनहरु आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्‍चालित हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL