Logo

निर्यातमा अनुदान लिने समय थप, निशेधाज्ञा खुलेको १ महिनासम्म निवेदन दिन पाईने

निर्यातमा अनुदान लिने समय थप, निशेधाज्ञा खुलेको १ महिनासम्म निवेदन दिन पाईने



सरकारले व्यवसायीहरुका लागि निर्यातमा अनुदान लिने समय एक महिना थप गरेको छ। उद्योग विभागले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञा खुलेको मितिबाट एक महिनासम्म अनुदानका लागि निवेदन दिने समय थप गरेको हो ।

यसका लागि अब व्यवसायीले असोज २४ सम्म उद्योग विभागमा निवेदन दिन सक्नेछन्। यो एक महिनामा बाटो म्याद समावेश गरिएको छैन।

यसअघि विभागले बन्दाबन्दीपछि एक महिनासम्म निवेदन दिन सक्ने व्यवस्था गरेको थियो। तर सरकारले लकडाउन खुला गरेको एक महिना नबित्दै स्थानीय प्रशासनहरूले जिल्ला जिल्लामा निषेधाज्ञा जारी गरेपछि समय थप गरिएको हो।

निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ को दफा ४ बमोजिमको मालवस्तु निर्यात गरी अनुदानका लागि मूल्य अभिवृद्धि प्रमाणीकरण गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ।

तर, चैतअघि नै म्याद गुज्रिसकेको हकमा भने यो व्यवस्था लागू हुनेछैन । सरकारले निर्यातलाई प्रोत्साहन गर्न कार्यविधि बनाइ निर्यात गर्ने व्यवसायीलाई अनुदान उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL