Logo

सिटी एक्सप्रेस र एनआईसी एशिया लघुवित्तबीच सम्झौता, विभिन्न सुविधा सहज रुपमा उपलब्ध हुने

सिटी एक्सप्रेस र एनआईसी एशिया लघुवित्तबीच सम्झौता, विभिन्न सुविधा सहज रुपमा उपलब्ध हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ जसअन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरु बाट पनि हुने भएको छ ।

laxmi

एनआईसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारहरुको भुक्तानी हुनेछ । उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशहरुमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL