Logo

आइएमई घरमैको भाग्यशाली विजेता बने रोकाया, १ लाख नगद प्राप्त गरे

आइएमई घरमैको भाग्यशाली विजेता बने रोकाया, १ लाख नगद प्राप्त गरे



काठमाडौं । आइएमइको ‘आइएमई घरमै’ योजनामा मंगल बहादुर रोकाया विजेता घोषित भएका छन् । सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन् । विजेता रोकायाले रू. १ लाख पुरस्कार राशी प्राप्त गरेका छन् ।

आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘आइएमई घरमै– रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो ।

सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा सङ्क्र्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको थियो ।

२०७७ साल असारको अन्त्यसम्म मात्र कायम ‘आइएमई घरमै’ उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रू. १ लाख र हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिने गरी सार्वजनिक गरिएको थियो । आम सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमईले आफ्नो स्थापना कालदेखि नै विभिन्न सेवाग्राहीमुखी उपहार योजना सार्वजनिक गर्दै आइरहेको छ ।

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रू. ५० बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिएको थियो ।

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL