Logo

एसबिएल रेमिट र इजीलिंक रेमिट्यान्सबीच सम्झौता, इजीलिंकका एजेन्टमार्फत सजिलै भुक्तानी

एसबिएल रेमिट र इजीलिंक रेमिट्यान्सबीच सम्झौता, इजीलिंकका एजेन्टमार्फत सजिलै भुक्तानी


बिजखबर संवाददाता
54
Shares

काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टको रुपमा इजीलिंक रेमिट्यान्सलाई नियुक्ती गरि भुक्तानी गर्ने सम्बन्धि सम्झौता भएको छ ।

laxmi

एसबिएल रेमिटको प्रिन्सिपल एजेन्टको रुपमा नियुक्ती भएको उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल र सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरे ।

यस सम्झौता संगै सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटमार्फत विश्वका बिभिन्न देशहरुबाट पठाएको रकम इजीलिंक रेमिट्यान्सको नेपालभरी रहेको ६५ सयभन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने छ ।

सम्झौतापछि इजीलिंक रेमिट्यान्सले एसबिएल रेमिटका सेवाग्राहीहरुले थप सहज तवरले नेपालको जुनसुकै स्थानबाट इजीलिंक रेमिट्यान्सको नेटवर्क मार्फत पैसा निकाल्न सकिने र नेपाली दाजुभाइ दिदीबहिनीहरुले बिदेशबाट पठाएको पैसालाइ छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन थप सहज हुने इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपि अर्यालले बताए । इजीलिंक रेमिट्यान्सले बिगत २२ बर्षदेखी विश्वका बिभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL