Logo

शिवम् सिमेन्टको ‘शिवम मोबाईल एप’ सार्वजनिक, एपबाटै सिमेन्ट किन्न सकिने

शिवम् सिमेन्टको ‘शिवम मोबाईल एप’ सार्वजनिक, एपबाटै सिमेन्ट किन्न सकिने



काठमाडौं । शिवम् सिमेन्टले सिमेन्ट खरिद गर्न सकिने गरै मोबाईल एम सार्वजनिक गरेको छ । एमबाटै सिमेन्ट खरिद गर्न सकिनेगरी कम्पनीले ‘शिवम मोबाईल एप’ सार्वजनिक गरेको हो । पछिल्लो सयम विश्वभर फैलिएको महामारीलाई मध्येनजर गर्दै कम्पनीले उक्त सेवाको सुचारु गरेको हो । जस अन्र्तगत ग्राहकहरुले गुगल प्ले स्टोर र आईओएस एपस्टोरबाट उक्त एप डाउनलोड गर्न सक्नेछन् ।

laxmi

उक्त एपमार्फत सहज प्रक्रियाका साथ सुपथ मुल्यमा आफुलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सकिनेछ । साथै भुक्तानीको लागि मोबाईल बैंकिङ सेवाहरु खल्ती, ईसेवा, कनेक्ट आईपीएसलगायतबाट भुक्तानी गरी डेलिभरीको सेवासमेत लिन सकिनेछ ।

कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले उक्त एप संचालनमा ल्याएको हो । आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा ‘शिवम् मोबाइल एप’ डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो ।

उक्त एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL