Logo

वैदेशिक व्यापारमा कोरोना असर : निर्यात वृद्धिदर शुन्यमा झर्दा आयातमा १५ प्रतिशतको गिरावट

वैदेशिक व्यापारमा कोरोना असर : निर्यात वृद्धिदर शुन्यमा झर्दा आयातमा १५ प्रतिशतको गिरावट



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउनले वैदेशिक व्यापारमा प्रत्यक्ष असर पारेको छ । लकडाउनका कारण विश्वको आपुर्ति चक्रमा समस्या उत्पन्न हुँदा नेपालको निर्यातमा ठुलो गिरावट आएको वछ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठसम्म)मा नेपालको निर्यात वृद्धिद्धर शुन्य प्रतिशतमा झरेको उल्लेछ छ ।

हालसम्म ३ प्रतिशत माथि हुने वृद्धिदर जेठको महिनामा भने घटेको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार पछिल्लो ११ महिनामा नेपालबाट जम्मा ८८ अर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । जुन गत बर्ष ८७ अर्ब ८३ करोड रुपैयाँ बराबर भएको थियो ।

वैदेशिक व्यापारमा कोरोना भाईरस महामारीको प्रत्यक्ष प्रभाव परेका कारण बस्तु आयात पनि १५ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार गत बर्षको सोही अवधिमा १२ खर्ब ९९ अर्ब बराबरको मालवस्तु आयात भएकोमा यो बर्षको सोही अवधिमा भने जम्मा ११ खर्बको सामान आयात भएको छ । जुन गत बर्षको तुलनामा १५ प्रतिशतले कम हो ।

भन्सार विभागका अनुार नेपालमो वैदेशिक व्यापारमा १४ दशमलव ३३ प्रतिशतको गिरावट आएको छ । साथै आयात निर्यात अनुपातमा पनि गत बर्षको तुलनामा १५ प्रतिशतको गिरावट आएको छ । यस्तै नेपालको व्यापारघाटा पनि १६ दशमलव ४३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL