Logo

आजदेखि भरी ग्याँस सिलिण्डर बेच्न नपाईने, बेचेको पाईएमा कार्बाही हुने

आजदेखि भरी ग्याँस सिलिण्डर बेच्न नपाईने, बेचेको पाईएमा कार्बाही हुने



काठमाडौं । नेपाल आयल निगमले सम्पुर्ण ग्यास विक्रेतालाई आजैदेखि भरी भरिएका ग्यास सिलिण्डर नबेच्न निर्देशन दिएको छ । निगमले आईतबार एक सुचना जारी गर्दै आईतबार दिउँसो १ बजेसम्म सम्पुर्ण भरी भरिएका ग्यास सिलिण्डर वितरण गरिसक्ने र बाँकी रहेका सिलिण्डर उद्योगमा फिर्ता गर्न निर्देशन दिएको हो । यस्तै निगमले दिउँसो १ बजेदेखि बजारमा भरी भरिएका ग्यास सिलिण्डर पाईएमा कानुनबमोजिम कार्बाही गर्ने जानकारी दिएको छ ।

निगमले ग्यास विक्रेता र डिस्ट्रिव्यटर्सले दैनिक सुरुवाति मौज्दात र निजकहाँ भएको ग्यासको विवरण उपभोक्ताले देख्न गरी टाँस गर्नुपर्ने समेत उल्लेख गरेको छ ।

निगमले केहीदिन अघिमात्रै ग्यासको अभाव हुने देखिएपछि उपभोक्तालाई आधा सिलिण्डर ग्यास विक्री वितरण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL