Logo

आर्थिक मन्दीमा पनि यी १५ उद्योगले कमाउनेछन फाईदा, कोरोनाको प्रकोप बढ्दा बने मालामाल

आर्थिक मन्दीमा पनि यी १५ उद्योगले कमाउनेछन फाईदा, कोरोनाको प्रकोप बढ्दा बने मालामाल



काठमाडौं । विश्व कोरोनामय भएको छ । विश्व अर्थतन्त्रमा यसले सबैभन्दा ठुलो असर परेको छ । जस्तै विश्वभरीको सेयरबजारमा गिरावट देखियो विभिन्न व्यापारव्यवासयमा पनि सोही अनुसारको गिरावट आयो ।

भेन्युहरुले आफ्ना विभिन्न ईभेन्टहरु क्यान्सील गरे । उपभोक्ताले ट्वाईलेट पेपर पनि चाहिनेभन्दा बढी आफ्नो घरमा भण्डारण गर्न थाले । कोरोना भाईरसको समाचार नसुनी दिन विताउन नसकिने अवस्था आयो ।

विश्वमा यस्तो हुँदै गर्दा कुनै उद्योगहरु तथा कम्पनीहरु भने आफ्नो सर्भाईभका लािग विभिन्न उपायहरु अपनाउन थाले । तर यही मौकामा केही उद्योगहरुले भने भरपुर नाफा कमाउने अवसर पाएका छन । स्वास्थ्य सेवाका उद्योगहरु, थोक व्यापार, केही फेन्सी स्टोरहरु भने यसबाट फाईदा कमाउने उद्योगमा परेका छन ।

विश्वमा आर्थिक मन्दी भएको बेलामा कुन कुन उद्योग व्यवसायहरुले पैसा कमाउन सक्छन भन्ने ईन्भेष्टोपेडियाले उल्लेख गरेको छ ।

पछिल्लो समय विश्वभरका मानिसहरुले लकडाउनको समस्या झेलिरहेका बेला अत्यावश्यक वस्तुहरुका पसलमा केही मानिसहरु नपुगी नहुने भएको छ । जस्तै स्वस्थ्य सेवाका पसलहरु, खाद्य तथा खुद्रा पसलहरु यसका उदाहरणहरु हुन ।

विश्वका ठुलालगायत नाङ्ला पसलहरुसमेत बन्द भएको अवस्थामा यी उद्योग तथा पसलहरु मालामालको अवस्थामा पुगेका छन ।

  • स्वास्थ्य सेवा
  • मुख्य उपभोग्य सामानका पसलहरु
  • छुटसहितका खुद्रा पसल
  • युटिलिटीज
  • मादकपदार्थ तथा धुम्रपानको पसलहरु
  • फास्टफुड पसल
  • केही खुद्रा पसलहरु
  • घर बनाउने व्यवसाय
  • स्टाफिङ फर्म
  • कलेक्सन एजेन्सीहरु
  • फोहोर संकलक सेवाहरु
  • ऋण दिने पसल
  • रिपोजिसन एजेन्सीहरु
  • स्थिर उद्योगहरु
  • यी उद्योगहरुले मानिसहरुलाई बन्दको बेला पनि विभिन्न किसिमले सेवा दिइरहने भएकाले फाईदामा पर्न सक्ने र कमाउन सक्ने ईन्भेष्टोपेडियाले उल्लेख गरेको छ । विश्व आर्थिक मन्दी भएका बेला मानिसहरुसँग कमाई पनि नहुने र कम मात्रामा पैसा हुने भएपछि यी उद्योगहरुले सस्तोमा धेरै सेवा दिने हुनाले यी उद्योगहरु आर्थिक मन्दीको बेला फस्टाउने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL