Logo

श्री एयरलाईन्सले सरकारले तोकेकोभन्दा कम मूल्यमा यात्रुलाई सेवा दिँदै, काठमाडौं–पोखरा भाडादर ३७ सय मात्रै

श्री एयरलाईन्सले सरकारले तोकेकोभन्दा कम मूल्यमा यात्रुलाई सेवा दिँदै, काठमाडौं–पोखरा भाडादर ३७ सय मात्रै



काठमाडौं । श्री एयरलाईन्सले सरकारले तोकेको भाडादर भन्दा कम मूल्यमा यात्रुलाई सेवा दिने भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्राससँगै काठमाडौं उपत्यका छाड्ने क्रम बढेपछि कम्पनीले हवाई टिकटको मूल्य घटाएको हो । श्री एयरलाईन्सका प्रवक्ता अनिल मानन्धरले सूचना जारी गर्दै हवाई टिकटको मूल्य घटाएको जानकारी दिएका हुन्।

कोरोना भाईरसको कारण काठमाडौं बाहिर जाने यात्रुहरुको भीड लागेपछि उडान सेवा सुरु गरेको श्रीले २ दिनको लागि हवाई भाडा घटाएको हो । काठमाडौं बाहिर जानेको संख्या भन्दा भित्रने यात्रुको संख्या कम भए पनि सरकारले तोकेकै भाडादरमा सेवा सुरु गरेको मानन्धरले जानकारी दिए ।

सरकारले काठमाडौं–भद्रपुर ९ हजार रुपैयाँ तोकेको छ तर, श्रीले ७ हजार ४ सय रुपैयाँमा टिकट बिक्री गरिरहेको छ । त्यस्तै बिराटनगरको लागि ७५ सय भाडादर रहेकामा श्रीले ६१ सय, जनकपुरको लागि ३३ सय, पोखरा ३७ सय भैरहवाको लागि ४ हजार ९ सय, नेपालगञ्जको लागि ६ हजार २ सय र धनगढीको लागि ७ हजार ९ सय रुपैयाँ भाडादर कायम गरेको छ ।

सरकारले आईतबारदेखि लामो दूरीका सवारीसाधनमा रोक लगाएपछि श्रीले भाडादरमा पुर्नमूल्याङ्कन गरेको हो । प्रवक्ता मानन्धरले भने, ‘देश अफ्ठ्यारोमा परेको बेला सबैले मिलेर सामना गर्नु पर्छ । हामीले सरकारले तोकेको भन्दा पनि कम मूल्य लिएर सेवा दिने घोषणा गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL