Logo

आनद्वारा एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन, क्लबले जनशक्तिको समस्या हल गर्न पहल गर्ने

आनद्वारा एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन, क्लबले जनशक्तिको समस्या हल गर्न पहल गर्ने



काठमाडौं । वुधवार नेपाल विज्ञापन संघले एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन गरकोछ । नेपालमा विज्ञापन व्यवसायी, विज्ञापनकर्मी, विज्ञापन श्रर्जक, विज्ञापनदाता, विज्ञापन बजारका विद्यार्थी र व्रान्डँंग सम्बन्धित व्यक्तिहरुलाई समेटने अभिप्रायले यो क्लव गठन गरेको आनका अध्यक्ष तथा क्लबका गर्भनर रविन्द्र कुमार रिजालले बताए ।

नवगठित कार्यसमितिको ज्वाइन्ट गर्भनरमा महेन्द्र श्रेष्ठ र सुजनराजा श्रेष्ठ नियुक्त भएका छन् । उक्त कार्यक्रममा नवनियुक्त ज्वाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले एड फेटरनिटिमा खडकिएको जनशक्तिको समस्यालाई हल गर्न तर्फ क्लबले पहल गर्ने बताए ।

एड क्लव अफ नेपालमा डेपुटी गभर्नरमा सुदिप रेग्मी तथा कार्यकारी सदस्यहरुमा विराट श्रेष्ठ, शरद शाही र अनन्तराज घिमिरे नियुक्त भएका छन् । एड क्लव अफ नेपाल आनको भगिनी संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL