Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट भेटघाट कार्यक्रम सम्पन्न, ३ सय बढी सहभागी

सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट भेटघाट कार्यक्रम सम्पन्न, ३ सय बढी सहभागी



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एमएल, सिएफ्टी तालिम कार्यक्रम आयेजना गरेको छ । शनिबार पोखरास्थित पांँचतारे होटल पोखरा ग्राण्डमा कार्यक्रम सम्पन्न भएको हो ।


उक्त कार्यक्रममा, कास्की, बाग्लुङ्ग, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ्ग, स्याङजा, गोर्खालगायतबाट ३०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो ।


सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्वभर आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL