Logo

हुन्डाईको ‘विनर डिलाइट’ योजना सार्वजनिक, चिसो मौसममा ग्राहकलाई न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य

हुन्डाईको ‘विनर डिलाइट’ योजना सार्वजनिक, चिसो मौसममा ग्राहकलाई न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई विनर डिलाइट’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।

laxmi

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा र एक वर्ष सम्मको निशुल्क सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।


चिसो मौसममा पनि यस ‘हुन्डाइ विन्टर डिलाइट योजना’ ले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको जनाउँदैं लक्ष्मी इन्टरकन्टिनेन्टलले समय समयमा ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको उल्लेख गरेको छ । ‘यस ‘हुन्डाइ विन्टर डिलाइट योजना’ मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागिमात्र लागु हुने छ’कम्पनीद्धारा जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL