Logo

ग्याँस बोक्ने भारतीय ड्राइभर हड्तालमा, बजारमा अभाव हुनसक्ने

ग्याँस बोक्ने भारतीय ड्राइभर हड्तालमा, बजारमा अभाव हुनसक्ने


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२० जेठ, काठमाडौं । ग्याँस बुलेट चलाउने भारतीय ड्राइभरहरु हड्तालमा उत्रिएपछि विरगञ्ज नाकाबाट नेपालमा ग्याँस भित्रन बन्द भएको छ । विगत १ हप्तादेखि ग्याँसको बुलेट गाडी चलाउने भारतीय ड्राइभरहरु हड्तालमा उत्रिएपछि उक्त नाकाबाट नेपालमा ग्याँस आउन नसकेको नेपाल एलपी ग्याँस उद्योग संघका महासचिव कुशप्रसाद मल्लीले बताए । ‘हाल विरगञ्ज नाकामा ८० भन्दा बढी बुलेटहरु आएर थन्किएका छन्,’ उनले भने, ‘तत्काल उक्त नाकाबाट सहज रुपमा ग्याँस नआए अभाव हुनेछ ।’

Gas

नेपालमा सवैभन्दा बढी ग्याँस विरगञ्ज नाकाबाट भित्रने गरेको छ । सोही नाकामा भारतीय ड्राइभरहरुले हड्ताल गरेपछि बजारमा समस्या उत्पन्न हुन लागेको समेत उनले जानकारी दिए । ‘हाल उपत्यका वाहिर त सहज रुपमा ग्याँस पाइरहेको छ,’ उनले भने, ‘तर, राजधानीमा भने ग्याँसको अभाव देखिन थालिसकेको छ ।’ उक्त नाकाबाट नेपाल भित्रने ६० प्रतिशतभन्दा बढी ग्याँस आउने गरेको छ । हाल जोगवनी, सुनौली नाकाबाट भने ग्याँस आइरहेको छ ।

विरगञ्ज नाकाबाट ग्याँस नआएपछि त्यसको असर १ महिना पछि मात्र बजारमा देखिने उनले जानकारी दिए । हाल बजारमा पुरानै स्टकमा भएको ग्याँस विक्री भइरहेको र उक्त ग्याँस सकिएपछि ग्याँसको समस्या हुने समेत उनको भनाइ छ ।

झण्डै १ महिना अघि बाबा ग्याँस बोकेर आएको भारतीय बुलेट गाडीले हेटौडामा मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो । सोही घटानालाई लिएर प्रहरीले भारतीय ड्राइभरलाई नियन्त्रणमा लिएर राखेको छ । सोही घटानालाई लिएर भारतीय ड्राइभरले रिहाइको माग गर्दै हड्तालमा उत्रिएका हुन् । हाल मोटरसाइकल चलाउने ड्राइभर विरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

यता नेपाल आयाल निगमका प्रवक्ता मुकुन्द घिमिरले भने तत्कालै समस्या समाधान हुने बताउँछन् । ‘आज पनि पक्ष र प्रतिपक्षबीच समस्या समाधानका लागि छलफल भइरहेको छ,’ उनले भने, ‘यस विषयमा आजै टुङ्गो लाग्न सक्ने सम्भावना छ ।’ हाल पुरानो ग्याँस स्टकमा रहेको तथा उपत्यकाका धेरै जसो उपभोक्ताहरु वाहिर गएकाले विरगञ्ज नाकामा हड्ताल भएपनि बजारमा तत्काल ग्याँस अभाव नभएको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL