Logo

४० दिन भित्र सबैलाई जस्तापाता, बढी मुल्यमा बेचे कारबाही

४० दिन भित्र सबैलाई जस्तापाता, बढी मुल्यमा बेचे कारबाही


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ जेठ, काठमाडौं । जस्तापाता उत्पादन गर्ने उद्योगहरुले आगामी ४० दिन भित्र सबै भुकम्प पीडितलाई पूनर्बासका लागि जस्तापाता उपलब्ध गराउने बताएका छन् ।

जस्तापाता उत्पादक कम्पनीहरु हुलास स्टिल ईण्डष्ट्रिज, आरती स्ट्रिप्स, राजेश मेटल क्राफ्टस् र भगवती स्टिल ईण्डष्ट्रिजले शुक्रवार एक दैनिक पत्रिकामा संयुक्त विज्ञप्ती प्रकाशित गर्दै यस्तो बताएका हुन् । ‘प्रतिघर २ बण्डलको दरले पुनर्बासका लागि तत्काल आवस्यक पर्ने सम्पूर्ण जस्तापाता यहाँका स्वदेशी उद्योगहरुले आउने ४० दिन भित्र उपलब्ध गराउन प्रयासरत छौं,’ विज्ञप्तीमा भनिएको छ ।

उद्योगहरुले तोकेको अधिकतम खुद्रा मूल्यभन्दा महँगो दरमा जस्तापाता विक्री गरेको पाइए अनुगमन गर्ने निकायले आवस्यक कारबाही गर्न गराउन समेत विज्ञप्ती मार्फत माग गरिएको छ । यस अघि स्वेदेशी जस्तापाता उत्पादकहरुले केही उत्पादन विदेश निर्यात गर्ने गरेको भए पनि भूकम्पपछि निर्यात रोकेर दैनिक उत्पादन भएका सबै जस्ता भुकम्पप्रभावित जिल्लामा विक्रीको लागि पठाइएको विज्ञप्तीमा उल्लेख छ ।

jasta-pata

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL