Logo

होटलमा ६ अर्ब लगानी गर्दै सुर्य नेपाल,एफएमसीजीमा लगानी बढाउँदै

होटलमा ६ अर्ब लगानी गर्दै सुर्य नेपाल,एफएमसीजीमा लगानी बढाउँदै



काठमाडौं । सुर्य नेपालले होटल क्षेत्रमा ६ अर्ब बराबरको लगानी गर्ने भएको छ । हाल काठमाडौंमा चलिरहेको २ दिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै सुर्य नेपाल प्रालीका प्रबन्ध निर्देशक अभिमन्यु पोद्धारले होटलमा लगानी गर्ने घोषणा गरेका हुन ।

laxmi

उनले होटल सँगै फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) मा पनि लगानी गर्ने जानकारी दिएका छन । सम्मेलनको औद्योगिक आधार निर्माण तथा रोजगारी सिर्जना सम्बन्धी समानान्तर सेसनमा बोल्दै उनले उक्त क्षेत्रमा लगानी गर्ने जानकारी दिएका छन ।

नेपालको चुरोट बजारमा ७५ प्रतिशत बजारहिस्सा रहेको सुर्य नेपालले सलाई तथा तयारी पोशाकमा पनि लगानी गरेको छ । कम्पनीले पहिलो पल्ट होटलमा लगानी गर्ने भएको हो । लगानी सम्मेलनमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक पोद्धारले फास्ट मुभिङ कन्जुमर गुड्समा लगानी गर्दै आफ्नो बजार हिस्सा बढाउने जानकारी दिएका छन ।

हाल बजारमा प्रचलित सुर्य, सुर्य लक्जरी, सुर्य किङ, खुकुरी, शिखर, चौतारी, विजुली लगायतका चुरोटहरु कम्पनीले नै उत्पादन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL