Logo

डाबरको हाजमोला लप्सी बजारमा, स्यासे र बोतलमा उपलब्ध

डाबरको हाजमोला लप्सी बजारमा, स्यासे र बोतलमा उपलब्ध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ चैत, काठमाडौं । हाजमोलाले आफ्नो नयाँ उत्पादन ‘हाजमोला लप्सी’ बजारमा ल्याएको छ । लप्सीको स्वादमा आएको हाजमोला लप्सी स्यासे र बोतलमा उपलब्ध छ । तीन चक्की भएको स्यासेको मूल्य १ रुपैंया र १ सय २० चक्की भएको बोतलको मूल्य ४० रुपैंया रहेको छ । यसको ब्राण्ड एम्बेस्डरमा हास्य कलाकार धुर्मुस (सीताराम कटेल) रहेका छन् ।

dabour-hajmola-lapsi

पाचक चक्कीको बजारमा अग्रनी भएको नाताले हाजमोलाले नेपाली बजारलाई लक्षित गरी लप्सीको स्वादमा अर्को उत्पादन ल्याएको डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्रसाद गोर्खाली बताउँछन् । लप्सी मन पराउने नयाँ पुस्ताका युवा–युवतीहरुलाई लक्षित गरी नेपालको स्थानिय फल लप्सीबाट पहिलो पल्ट बजारमा ल्याइएको हो । साथै, भर्खरै बजारमा ल्याईएको यो उत्पादनले लप्सीलाई लोकप्रिय बनाउन मद्दत गर्ने समेत उनको दावी छ ।

हाल बजारमा नयाँ हाजमोला लप्सीको साथै हाजमोला पुदिना, इम्ली, निम्बु, रेगुलर र अनारदानाको स्वादमा उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL