Logo

स्याकार बन्यो होण्डा लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता, देशभर ८० वटा डिलर

स्याकार बन्यो होण्डा लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता, देशभर ८० वटा डिलर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ फागुन, काठमाडौं । स्याकार टे«डिङ कम्पनीले होण्डा जेन्युइन इञ्जिन आयाल (लुब्रिकेन्ट)को नेपालमा विक्री वितरण शुरु गरेको छ । स्याकारले जापानको इडिमित्सु कोसान कम्पनीको भारतमा रहेको हायक कम्पनी इडिमित्सु ल्यूब इण्डियाबाट उत्पादित होण्डा इन्जिन आयलको नेपालमा बिक्री वितरण शुरु गरेको हो । नेपालमा विक्री वितरण गर्नका लागि विहीबार दुइ कम्पनीहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौतामा होण्डको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक ताकियोसी मिकी र स्याकार टे«डिङ् कम्पनीका तर्फबाट अध्यक्ष सौरभ ज्योतिले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै स्याकाले होण्डाको मोटरसाइकलका लागि १ लिटरको तथा स्कुटरका लागि ८०० मिलिटिरको ेइन्जिन आयल बेच्ने छ । उक्त लुव्रिकेन्ट्सको SJ10W30MA र  SJ10W30MB  हुनेछ । त्यस्तै, होण्डा गाडीका लागि भने ४ लिटरको SL10W30  उपलब्ध हुने छ । यसैगरी आगामी दिनमा अन्य लुब्रिकेन्टहरु पनि उपलब्ध गराउँदै जाने व्यहोरा आइएलआइएनले जनाएको छ ।

honda-miki-saurab-jyoti

स्याकार कम्पनीले झण्डै ५० वर्षदेखि नेपालका लागि होण्डा मोटरसाइकल, स्कुटर, गाडी तथा अन्य पावर प्रोडक्टको अधिकृत वितरक रहँदै आएको छ । ‘हाल बजारमा विभिन्न किसिमका ल्युबहरु उपलब्ध भइरहेको अवस्थामा होण्डा कम्पनी जापानले समेत सिफारिस गरेको यस विश्वस्तरीय र ग्यारेण्टीयुक्त होण्डाको आफ्नै ब्राण्डको जेन्यूइन ल्यूब अब नेपालीग्राहकहरुले पनि प्रयोग गर्न पाउने भएका छन्,’ ज्योतिले भने, ‘उक्त लुब्रिकेन्टस नेपाल भित्रिएसँगै ग्राहकको सन्तुष्टी र विश्वास बढ्नेछ ।’ ग्राहकहरुको सुविधाका लागि नेपालभर रहेका आफ्ना ८० वटा भन्दा बढि डिलरको माध्यमबाट उक्त ल्यूबको सहज विक्री वितरण गरिने ज्योतिले जानकरी दिए । यस ल्यूबको प्रयोगले मोटरसाइकल÷गाडीको माइलेज बढ्ने, प्रदुषण न्यून हुने, इन्जिन पावर बढ्ने तथा इन्जिन समेत लामो समयसम्म चल्ने कम्पनीको दावी छ ।

सन् १९११ मासाजो इडिमित्सुद्वारा स्थापित इडिमित्सु कोसान कम्पनी जापानको दोश्रो ठूलो पेट्रोलियम रिफाइनरी कम्पनी हो । जसले वार्षिक ७० हजार किलो लिटर ल्युब उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL